समय सन्दर्भ
रमेश गौतम
नर्वे
सपनाहरुमा
यदाकदा
मनको सुन्दर काननभरि
परेवा उड्थे
म
सपनाबाट ब्युँझिदै गर्दा
भारी शीर लिएर
सोच्ने गर्थेँ-
न्याउलहरु
यति विघ्न कर्कस आवाज निकालेर
किन रोए होला !
समयको गतिशीलतासंगै
न्याउलपीडाहरु बढ्दै गए
आज
जीवन बँचाईको क्रममा
जेलिएर परिबन्दका पासाहरुमा
यति टाढा एउटा बस्तीमा
म माकुराको जालो नियालेर टोहोलाउँछु
सुनेकोछु –
अगम्य भीरहरुमा सुरक्षित
मानबहादुरका जीवाश्महरु
तिमीले खोजी खोजी ध्यस्त गर्यौ रे
मानस सफा-स्निग्ध बगिरहन्छ होला
लामीडांडा जंगलमय भयो होला
तथापि
खूनका ढिक्काहरु
समयका आवाजहरु
पुरिएका छैनन्
मेटिएका छैनन्
सुनेकोछु –
गोमन सर्पका चाल चलिरहेछन्
गला दबाउने खेल सिद्धिएका छैनन्
परीक्षा !
जर्जर अग्निपरीक्षाहरु यथावत नै छन्
आज
निरीह नेपाली मान्यता हरेको छ
जताततै पीडा छन्
आस्थाका निर्मम हत्याहरु छन्
पलायन अस्तित्व
आफैंसंग रोएकोछ
अहा !
तिम्रा पाइला र
मेरा विवश निर्णयहरुबीच
कस्तो सम्बन्ध होला?
it’s good to see ur blog and ur articles in nepali and english.do more in ur future.
very nice article.keep it up.