सम्झनामा मेरो देश
नारायण भट्टराई
डाँडाको घरमा भुटान हिमाल मुनिको भुटानको ग्राममा
जन्मेको बबुरो म आज एसरी यो दूरको देशमा
आएको छु म सात समुन्द्र अघिको छोडेर त्यो बैमन
सम्झन्छु दिन रातनै सपनीमा उत्रन्छ प्यारो घर
स्यान्डविच, केक, बर्गर पाउन एता मिठा ति छन् तै पनि
सिन्की गुन्द्रुक त्यो मकै र भटमास बिर्शन्न कैल्यै पनि
लप्शी, मेला, भुला अचार चखिलो बन्थ्यो मिठो भोजन
कापाउँ अब के मिठास अघिको मात्रै छ त्यो कल्पना
खोज्दा हुन बोटब्रिक्ष्यले वरीपरी मन्दिर पाखा मुनी
सोद्धाहुन भमरा र फूलहरुले के हाल मेरो भनि
बर्षौ बीस बिते म छैन अब त्यो कैलाशको बासमा
बाँचेको छु सधै म साँची मुटुमा तिम्रै मीठो सम्झना
कालो मेघ मडारियो गगनमा ज्योति निभ्यो न्यायको
फैल्यो युद्ध सपूतले समरमा आत्मा दिए दानको
आफ्नो देश र ग्राम छोडी म हिंडे त्यो दुरको देशमा
बाँचेको म थिएँ लीइ शरणको झुप्रामुनी बासमा
पाएको छु खुला बशन्त ऋतुझैं स्वच्छ्न्द्को जीबन
मिल्ला सम्पत्ति भित्र बन्धु संगिनी रंगीन पर्दा महा
फर्कंन्नन तर ती हिमाल गिरीका ती फूलका बासना
प्यारो देश र मातृभूमी ममता मिल्दैन त्यो पावन