सम्झना
खगेन्द्र गौतम
क्यानाडा
टाढाको माया वास्तवमै गारो हुँदो रैछ,
कुनै पल भुली जाऊँ भन्ने पनि लाग्दो रैछ;
किन की त्यो टाढा न छ।
हरपलको जलन र तड्पाइले
सम्झनाहरूलाई जलाई दिन्छ।
त्यसैले त टाढाको माया समय सँगै भुलिँदो
रैछ।
तर यस्तो कठिन निर्णय कहाँ सहज हुन्छ र!
आखिर मायालु मन न हो,
अनिश्चित भविष्यको पर्खाइमा
दुबिधाको भुमरी भित्र आफूलाई घुमाइ रहन्छ।
यसको एउटै मात्र कारण हो “माया”
त्यो आफूले गरेको मामा ,जुन मायामा
जीवित सम्बन्ध हुन्छ।
जो आफू सँग नजिक हुनु पर्थ्यो
उही सँग छुटेर टाढा रहँदा
हामी जे सोच्दछौँ ती सब सामान्य नै हुन।
बिहानी गएर रात आए जस्तै; शङ्काहरू
आउँछन् अनि जान्छन्, रिसका आवेग र
निराशाहरू आउँछन् किनकि आफ्नो माया
यो बेला धेरै टाढा हुन्छ।
जब दुई मायालु मनहरूलाई भूगोलले
टाढा पार्छ, अनि तीनै मनहरू व्याकुल भएर
एक अर्कालाई भुल्ने प्रयास गर्छन्,
स्वतन्त्र जीवन को चाहना गर्छन्,
अटुट मायाको भन्डारलाई रित्तो बनाउन
चाहन्छन्।
केवल सम्झनामा मात्र बाच्नु को कुनै
अर्थ पनि त छै यो जीवनमा।
तर यो नै एउटा त्यस्तो समय हो;
जति बेला “आफू”लाई सम्हाल्नु पर्छ,
एक अर्काका लागी जन्मिएको अनुभूत गर्नु पर्छ,
मायाको जीत हुने सोच्नु पर्छ, वियोग होइन
संयोगान्त सपनाहरू देख्नु पर्छ।
साँचो मायामा ईश्वरले गर्ने परीक्षण यस्तै
हुन्छन् किनकि
मायाको संसारमा ईश्वरको पनि बास हुन्छ।
छुटेका मनहरू एक दिन अवश्य मिल्छन्,
तर त्यो एक दिनलाई पर्खन
विश्वास र धैर्य चाहिन्छ।