सम्भावनाको खेती !

कर्ण गुरुङ
नेब्रास्का, अमेरिका

सम्भावनाको खेती
तराइका खेतहरूमा
खै ! के भो
किटाणु लागेछ
खोस्टाहरू खोस्टिएछ
हाँगाहरू खुइलिएछ
के गर्ने ?
बिचरा काइँलो ऊ
कत्ती सपनाहरू
घर, बङ्गला, गाडीहरू
छाँगाबाट खसेछ
सायद !
बिहान भएछ।
साढे सातै बजे
ऊ बिउँझिएछ।
आँखा खोली हेर्दा
घामले किस खाएछ
हरेक दिन एउटा
नयाँ जीवनको सुरुवात
सम्झेर  …. !
सम्भावनाको खेती
तराइको खेतहरूमा
बिचरा काइँलो
फेरि … ऊ
खेती लगाउन थालेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *