सरस्वती वन्दना

भानु ढुंगाना 
क्यानाडा 

कमल फूलका चित्रमा बसेकी
जन जनमा सरस्वती पसेकी।
श्रद्धा छ पूजा त वसन्तकी पर्व
वसन्त पञ्चमी विशेष सर्वै सर्व।

तन मन राखेर वन्दना गर्छौँ,
सरस्वती माता ! शरणमा पर्छौँ।
आज विशेष पूजा पुष्प चढाई,
हंस वाहिनीका निकटमा आई ।।

तिमी ज्ञानकी खानी कोमल रानी,
तिमी बुद्धि र विद्या ज्ञानकी दानी।
पहिली तिमी हौ भारती की नाम,
दोस्री तिमी नै हंस वाहिनी नाम।।

बिँडा छ साथमा, पुस्तक हातमा,
तिमी ज्ञानकी दानी, विद्याकी खानी।
अरू कति नाम छन् शारदा देवी,
काम र नाम जगन माता देवी।।

दुई कर जोडी दस औँली जोडी
वन्दना गर्छौँ नि, मन मनै गोडी !
अझ अरू सुन्दर खष्ट बागेश्वरी,
बढी यहाँ सप्तम चैव कौमारी ।।

अझ अरू अरू नामले पुकारी
आठमा बुद्धि दातृ तिमी नै घारी।
कति अरू नामले ब्रह्म छौ चारी
अरू नि, चन्द्र घण्टा भुवनेश्वरी।।

अरू पनि तिम्रा कति बहु नाम
वन्दना तिम्रो सद्भावना प्रणाम।
विद्या दानी मङ्गल खानी रानी,
आयौँ पढ्न लेख्न जानी नजानी।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *