सरीता
एल्.बि रिखाम मंगर
खुदुनाबारी, झापा
हिमालयको काखहरु हुँदै
पर्वतसंग त्यो कुञ्जभित्र लुकामारी गर्दै
अन्धकार कुनाबाट निस्कियौ
अनि तिम्रो क्रोधको सीमा नाघेर
पहाड थर्काउँदै–थर्काउँदै ओ¥हालो लाग्यौ
स–सानो खहरेहरुमा मिसिएर
हरेक घुम्तीहरुमा ठक्कर दिँदै
धर्तीमाताको छाती कुल्चिएर
अविरल तेजसंगै
अलि तल अलि तल गर्दै
कहिल्यै नफर्कीने गरी लाग्यौ
पख पख तिमीलाई मैले
धेरै कुराहरु भन्नु छ
माझीदाइबाट चिठी लिएर जाऊ
तर
तिम्रो अर्थहीन बिन्तीचाहिँ
अहँ पटक्कै नबिसाऊ
तिम्रो त्यो बदलिँदो रुपको
म प्रसंसा गर्न चहान्न
हल्का बाफ बनेर
कालो बादलसंग मिसिएर
हिमालयको काखमा हिउँ भएर बज्रन पुग्छ्यौ
सुप्रभातको किरणसंगै
नक्कली रुप पग्लन थाल्छ
त्यतिखेर तिमी के गछ्यौ?