हामी यसै हराउँदैनौ !

भानु ढुङ्गाना
क्यानाडा
                १
ओझेल पर्न आँट्यो जीवन, मेटो काटिसक्यो।
समयको पावन्दी, नेटोकाटि सक्यो।।
गर्जिएर मेघा बाजा, वर्षा पारी दिन्छ ।
हुन्छ खडा पहरो र, झर्ना झारी दिन्छ।।
                  २
यति हुँदा- हुँदै पनि,चंगाचित्त मर्‍यो ?
दिव्य ज्ञान प्राप्त भाग्य, आज कहाँ  पर्‍यो ।।
घोडाचढी विकृतिको, हावा भयो चोला ।
दर्शन हाम्रो पूर्वीयको, मार्ग छोड्दा होला ! ।
                ३
म भित्रको चेतनाले, खोज्न सकेन।
भाषा शिक्षा साहित्यलाई रोज्न सकेन।।
जस्तो पत्र उस्तै सत्र, काल घोडा पाएँ ।
ज्ञान छैन अज्ञानको डङ्गुर भित्र आएँ।।
                   ४
कैयौँ डिब्बा रेल-गए, बाँकी एउटा रह्यो
नछुटाई सवार गरौँ अन्तिमऽस्था भयो !
को हौँ बन्धु कहाँका हौँ खोजौँ आफैँलाई
पराईको सधैँ गुलाम बन्छ किन भाइ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *