हाम्रो दसैँ

कवि
कवि

राकेश कार्की
लस एन्जेलस, अमेरिका

चाड यो साझा हाम्रो संस्कृति
हामी सम्पूर्ण नेपालीको गर्व
तराई पहाड हिमाल हाँस्ने
हाम्रो दसैँ सद्भावको पर्व

बर्खाको बिदाइ शारदीय घाम
मालश्री राग स्त्री शक्तिको पूजा
देश-विदेश घर सम्झिने फर्किने
लाउने खाने र लिङ्गे पिङको मजा

कावा खाइरहेका चङ्गाहरु सङ्गै
उडेका मनमा सांस्कृतिक सुगन्ध
टीका जमरा बडाको आसिक
हार्दिक औ जीवन्त सम्बन्ध

धान पहेंलपुर मादलका ताल
परिवार र आफन्तजनको भेला
शरीरमा नयाँ जोस उत्साह
राष्ट्र नै सुन्दर दसैँको बेला

पेशाले इन्जिनियर कवि कार्की अनेसास लस एन्जेलस च्याप्टरका उपाध्यक्ष हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *