हुन नसकेकी उनी

कर्ण गुरुङ
नेब्रास्का, अमेरिका

नाटक कै हो।
नौटङ्की नै हो।
उसले मुसुक्क हाँस्दै
उफ्!…. आई लभ यु.…भन्नु
छेवैमा आएर
सोल्टी म तिम्रै हु भन्नु
कस्सम ! तिम्रो नाम
भित्ता भरी कोरी दिन्छु भन्नु
सात जुनीको बाचा गरी
काखमा ढल्के जस्तो गर्नु
अनि मैले पनि
उसको अनुहारको कपाल हटाउनु
र भन्नु
तिमी मेरो मुटुको धड्कन
तिमी छेउमा नहुँदाको तड्पन
यसो हात समाउँदै
तिमी नै मेरो संसार भन्नु
कस्सम !….
अनि सर्माउँदै किस…. खानु
नाटककै हो
नौटङ्की नै हो
जब म विदेश आए
केही वर्ष बित्दा नबित्दै
तिमी अर्कोको हुनु
मलाई जस्तै तिमीले उसलाई भन्नु
अनि मलाई फोनमा भन्नु
तपाई राम्रो मान्छे
तर म अभागी रहेछु भन्नु
फेसबुक र फोनमा ब्लक हान्नु
सायद ! नाटककै हो
म पनि तड्पे जस्तै गर्नु
महिनौँ खाना नखानु
पागल झैँ चिसो हिउँमा हिँड्नु
आफ्नै घरको भित्तामा घुस्सीले हान्नु
रगतले हात भिज्दा
दुखेर बेनडेज गर्नु
प्रेम पीडाको नाममा
फेसबुकको भित्ता भरी स्ट्याटस लेख्नु
म पीडित भनेर
आफै हल्ला गर्नु
अनि आफै बदनामी हुनु
साथी भनाउँदाहरू
साँच्चै बिग्रिन्छ कि जस्तो लागेर
सिरेस भएर यसो भन्दै सम्झाउनु
यो संसारमा धोका खाने
तिमी पहिलो मान्छे होइन
करोडौँ छ भन्नु
सायद नाटकै हो
होला त नि भन्दै
मन मनै चित्त बुझाउनु
कसैले माया गरेन भने
आफूले आफैलाई माया गर्नु पर्छ… भन्नु
नौटङ्की नै हो
सबै बिर्से जस्तो गरी सत्य स्विकार्नु
उ आफ्नो बाटो लाग्नु
म आफ्नै बाटो लाग्नु
मनमा माया भए पनि
एक अर्कालाई घृणा गर्नु
तर एक्लै भएको बेला
मन-मनै सम्झनु
उसको जीवन राम्रो होस् भन्नु
पाउनु मात्र माया होइन
गुमाउनु पनि माया हो भन्नु
सायद त्यो …… हाम्रो
स्टेजमा नदेखिएको
नाटककै हो।
नौटङ्की नै हो।
मन चौकी नै हो।
कहिल्यै हुन् नसकेको
ओल्लो किनारको ढुङ्गा नै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *