ह्यप्पी होली

कवि
कवि

सञ्चमान खालिङ
पीए, अमेरिका

इन्द्र धनुषी रंगहरू
जिन्दगीका आँचल भरिभरि
खुसी र सौभग्यसँगै लहराइरहोस्।
धेरै कुरा
बाँकी हुँदोरहेछ
थाँती हुँदोरहेछ
ती डोब र खाडलहरुमा
रंग भर्नु पर्छ
आफूलाई जस्तो मन पर्छ।
यहाँ
सिउँदोहरू उजाडिएका छन्
टुहुराहरू भोकतिर्खा बाँचेका छन
घर/ टहराहरू भत्केका छन्
त्यो भोक-तिर्खाको प्वालमा
त्यो उजाडपनामा
रातो, पँहेलो रंग पोत्नु पर्छ
आज रंग पर्व
जिन्दगी रंगाउनु पर्छ।

श्री खालिंग को भर्खरै प्रकाशित कविता संग्रह ‘ धनेहरु निरन्तर हिँडिरहे ‘ बाट

One Reply to “ह्यप्पी होली”

  1. Netra Adhikari

    Sancha man sir! its good to see ur article in my ramesh blog. I want you to keep writing this way all. THANKS

Leave a Reply

Your email address will not be published. Required fields are marked *