६५ वर्षे योजनामा……!

कवि
कवि

गोविन्द लुइँटेल
ओहायो, अमेरिका

मैँले जीवन उदाएदेखि आजसम्म
पहाडदेखि मैदानसम्म
भू. पु ऋतुहरू देखि दिनरातसम्म
केही योजनाहरू पढेको थिएँ
सुनेको अनि भोगेको थिएँ
जस्तैः २, ४, ५, १०, २०, ३० वर्षे योजना
सरकारी होस् या व्यक्तिगत
नौलो होस् या पुरानो योजना सबै खाले
तर
६५ वर्षे योजना भने
सपनामा पनि सुनेको थिइँन, न त गुनेकै थिएँ
आज ७-८ अघि देखि यो योजना
अरू झैँ जान्दै सुन्दै, अनि बुझ्दै आएको छु
यो योजना पूरा गर्न संघर्ष गर्दै आएको छु
जनता स्वयंले भाग लिनु पर्ने योजनामा पर्दै छु,
कतै नडगबगाइ दिन, रात भाग लिँदै छु
यसमा कोही खुसी देखिन्छन् भने
कोही दिक्क र दुःखी छन्
बस् ६५ वर्षे योजनामा……….!

Leave a Reply

Your email address will not be published. Required fields are marked *