गजल – ४८५

डिल्लु चम्लागाई
ओहायो, अमेरिका

नसोच्नु  सौन्दर्य  हुनेहरूले  सजिएर  बस्नुपर्छ
फूलको मालाले पनि गलामा उनिएर बस्नुपर्छ।

तिमी पोखिन्छौ छचल्किएर अलिकति भरिँदा
हर पल आमाका गहले आँसु भरिएर बस्नुपर्छ।

चार जात छत्तिस वर्ण  साझा फूल भएर पनि
सम्झिन्छौ नेपाली भएर जब बेचिएर बस्नुपर्छ ।

कसैले सोधे मेरो हाल  खबर  भनिदिए  हुन्छ
तिमी भरिनु म यस्तै त हो  पोखिएर  बस्नुपर्छ।

परदेशी जिन्दगी रोऊँ काख छैन लडूँ बैरी छैन
कहिले आमा फेरि सिमाना  सम्झिएर  बस्नुपर्छ ।

Don't have a Facebook account? Please, use the form below with other options!