साइबर सिद्धान्तका आधारमा “आमालाई इमेल” कविताको विश्लेषण

टंकप्रसाद भट्टराई 
सहप्राध्यापक 
त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा 

लेखसार

प्रस्तुत समालोचनात्मक लेख आमालाई इमेल कविताको विश्लेषणमा केन्द्रित रहेको छ। प्रस्तुत कविता रमेश गौतमको चिताको आगो साँच्चै तातो हुँदोरहेछ कवितासङ्ग्रहमा समाविष्ट छ । प्रस्तुत सङ्ग्रहमा समाविष्ट चउन्नवटा कवितामध्येको आमालाई इमेल कविता तेहौँ क्रममा समाविष्ट छ । विषयगत रूपमा विविधता रहेका प्रस्तुत सङ्ग्रहका कविताहरूमध्ये यस कविताले वर्तमान समयमा निकै महत्त्वपूर्ण मानिएको साइबर जगतलाई विषय बनाएको पाइन्छ । साइबर जगतको प्रभाव साहित्यमा पर्न थालेपछि त्यससम्बन्धी अध्ययन गर्न साइबर समालोचनाको विकास भएको देखिन्छ । यसले साइबर साहित्यको अध्ययन गर्छ । प्रस्तुत अनुसन्धेय लेखमा आमालाई इमेल कविता उत्तरआधुनिक बहुलवादी समालोचनाअन्तर्गतको साइबर समालोचनाका दृष्टिले कस्तो छ ? भन्ने मुख्य शोध्य समस्यामूलक प्रश्नमा केन्द्रित रही अध्ययनलाई अगाडि बढाइएको छ। साइबर समालोचनाका दृष्टिबाट विश्लेषण गरी मूल्य निरूपण गर्ने उद्देश्य राखिएको प्रस्तुत लेखमा पहिचानात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी प्रस्तुत आमालाई इमेल कविता उत्तरआधुनिक साइबर साहित्यका दृष्टिले सबल रहेको निष्कर्ष निकालिएको छ ।

शब्दकुञ्जी : ट्रोजन डोमेन, भाइरस डिएक्टिभेट, यान्त्रीकरण, रिमोट सर्भर, साइबर क्राइम, साइबर सभ्यता ।

[यो लेखसार त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित विज्ञसमीक्षित अनुसन्धानमूलक पत्रिका “प्रज्ञान” मा समाविष्ट आलेखबाट साभार गरिएको हो। पूरा आलेख यहाँ पढ्न सकिनेछ – सम्पादक]  

Leave a Reply

Your email address will not be published. Required fields are marked *