भानु
भानु तिम्रो सम्झनामा हिमाल हाँसिरहन्छ
तिम्रै सम्झनामा डाँफे नाँचिरहन्छ
२९ गते तनहुँमा जन्म लियौ तिमीले
धेरै कृति लेखी सबको मनमा जग्गा बनायौ तिमीले
घाँसीको प्रेरणाले लेख्न थाल्यौ कविता
तिनै कविताले आज बनायो तिमीलाई विश्व प्रसिद्ध
प्रश्नोत्तर, वधूशिक्षा, लेख्यौ तिमीले अनेक रचना
तिनै रचनामार्फत पुरा गर्यौ आज धेरैको सपना
अनुवाद गर्यौ रामायण, बन्यौ आदिकवि
२०० वर्ष बित्दा पनि छौ अझै अमर तिमी
भानु तिम्रो सम्झनामा हिमाल हाँसिरहन्छ
तिम्रै सम्झनामा डाँफे नाँचिरहन्छ

