भन, को छ ?

शिवलाल दाहाल
केन्टकी, अमेरिका

आज सबेरै
चौरतिर घुम्न निस्केँ
बाटाभरि रुखका पातहरू
बेग्रल्ती खसेका छन्।
चौरभरि शीतका लहर छन्-
मोतिका माला जस्तै।

कसले छोडेर गयो यी पातहरू?
कसले बिछ्याएर गयो यी शीतका लहर
मध्यरातमा, हँ?
पर क्षितिजमा घुर्मैलो जून
बादलमा टेकेर उभिरहेको छ।
तर किन ऊ
केही नदेखेको झैँ बसिरहेको छ, हँ?

भन, को छ
पातको भारी बोकेर मध्यरातमा आउने?
भन, काे छ
मध्यरातमा शीतका दाना छरेर हिँड्ने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *