मलाई भाइरल नबनाई दिनुहोला 

गोविन्द लुइँटेल ‘यार’
अमेरिका

मलाई भाइरल नबनाई दिनुहोला
किन की,
म भाइरल भएँ भने- गरिरहेको काम छोड्छु होला!
हिँडिरहेको बाटो मोड्छु होला!
खाएका बाचा कसम तोड्छु होला!
सुसम्बन्ध त्याग्दै नव सम्बन्ध जोड्छु होला !
त्यसैले मलाई भाइरल नबनाई दिनुहोला !
मलाई भाइरल नबनाई दिनुहोला
किन की,
म भाइरल भएँ भने- विगत बिर्सेर वर्तमानको मातमा झुल्छु होला!
भविष्य जोहो गर्न घृणा,तिरस्कारमा फुल्छु होला!
मनको लड्डु घिउ सँग खादै गल्लीहरू डुल्छु होला !
समय, धर्म-कर्म भुल्दै आफैँलाई नि भुल्छु होला !
त्यसैले मलाई भाइरल नबनाई दिनुहोला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *