दुहुना गाई

जलन भण्डारी एडिलेड, अष्ट्रलिया सृष्टिगत यो संसारमा, जहाँ शान्तिको जप गारिन्छ, जहाँ नातावाद, कृपावाद मात्र नभएर हृदयवाद र आत्मवाद पाइन्छ, यहाँ एउटा दुहुना गाईको परिचय यसरी दिन सकिन्छ: एक दारुण जीवनको, एक करुणामय जिन्दगीको र एक गरिवीपनको, दुहुन्जेलसम्म मात्र एउटा सच्चा दुहुना गाई हुन्छ। जब यो गाईको वेत पुग्छ, तब थारिएको यो गाईले हिजोको हराभरा नेपालमा, अस्तिको सुन्दर भूटानमा, भोलिको स्वप्निल भारतमा, अमेरिका, अस्ट्रेलिया र युरोपमका नयाँ गोठालाहरुले थारिएका थुन निचोर्दा सजिलैसंग एक साँझमा पाँच पाथी दूध दिन्छन् । त्यसैले, नेताको दुहुना गाई जनतामा, हाकिमको दुहुना गाई समाजमा, जनताको दुहुना गाई राष्ट्रमा अनि, यो गाँउको दुहुना गाई त्यो गाँउको कन्दरामा र त्यो मनको दुहुना गाई यो मनको विवशतामा, गरका दुहुना गाई बजारमा, बजारका दुहुना गाई शहरमा, शहरका दुहुना गाई राष्ट्रमा, राष्ट्रका दुहुना गाई अन्तराष्ट्रमा अनि मानसिकताको दुहुना गाई पुतलीको झैं फिरफिरे मायामा तर मेरो आँखाको दुहुना गाई, मेरै ब्यथित र पिडित हृदयमा र मेरो राहतको एउटै दुहुना गाई मेरै दैनिक आँसुका ढिक्काहरुमा ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *