गजल: १३१

उसै राम्र मृग नयन बातको त कुरै नगर
दिन मै त गारो छ रातको त कुरै नगर

लच्किने बारुले कम्मर सगै केश राशी सजाउँदा
जवानी थेग्न गारो हुन्छ मातको त कुरै नगर

तन सगै मन जोडी नाता साटे पछि
जे भए नि जिन्दगीमा जातको त कुरै नगर

थाई नपाई नासो उपहार पाएँ पछि
सुम्पिएँ जिन्दगी घातको त कुरै नगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *