गजल: १८४

जगेन गौतम पेन्सिलभेनिया,अमेरिका
बैगुनिलाई गुनले मार्नु,भन्छन बुडापाका सहयोग गरी खाचो टार्नु, भन्छन बुडापाका सहयोगी त आज भोली पाउन पनि गार्हो सहयोग गरी बानी पार्नु, भन्छन बुडापाका सत्यको जित हुन्छ थाहा नै छ सबलाई सत्य नजिक पर्छ हार्नु, भन्छन बुडापाका कसैले दिये आफुले नि दिनु पर्छ भन्ने सोच राख अरुले नदिये आफुले नि बार्नु, भन्छन बुडापाका



		
		
	

Leave a Reply

Your email address will not be published. Required fields are marked *