गजल-२८३

दुर्गा रिमाल
अल्बरी, अष्ट्रेलिया

घाउ दिएर मुटु भित्र के पायौ के गुमायौ
देखाएर आफ्नै चरित्र के पायौ के गुमायौ

विद्यालय भत्काएर फेरि मन्दिरको कुरा
रच्यौ नाटक बिचित्र के पायौ के गुमायौ

थोरै धर्मको पनि त ख्याल गर्नु पर्छ यार
गरेर कर्म अपबित्र के पायौ के गुमायौ

हिजोको बलत्कारी आज सडकमा घुम्छ
घिचेर घुस पगित्र के पायौ के गुमायौ

जन्ता छलेर सरकारको चाकडी गर्नु भो
भन न हो ए ! मित्र के पायौ के गुमायौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *