गजल-३०७

जीवन र म अनौठो यात्रा खेल्दै थियौं
कहिले खुशी कहिले पीडा झेल्दै थियौं ।

उर्लिएको भेलमा…माछा पौडिएसरी

मिठा नमिठा अनुभवहरु पेल्दै थियौं ।

संगै हिँड्यौं डाँडा-पाखा अनि शहरमा

मृत्युको बाटो पनि हामी छेल्दै थियौं ।

पछी पछी आउँदै थियो त्यो काल यतै

भाग्न अर्कै संसारमा भारी ठेल्दै थियौं ।

अचानक सिपाहीहरु आएर तेर्सिदिँदा

सासै रोकिएझैं भएर घाँटी बेल्दै थियौं ।

निष्ठुरी दैव नजाती हर्नैपर्ने जीवनलाई

आखिर मिलेरै जाल त्यो जेल्दै थियौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *