गजल-३१६

जिउनेलाई आनन्दको खात हो जिन्दगी।
उदासीलाई झरेको पात हो जिन्दगी।

को छ यहाँ अजम्बरी, सदा बाच्ने
मृत्यु र जीवनको बात हो जिन्दगी।

मधुकालले रङ्ग छर्दाखेरी यहाँ
बिना नसाको मात हो जिन्दगी।

चाहेर हिंसा कस्ले रोज्छ यहाँ
साच्ची नै रंगे हात हो जिन्दगी।

खुसीयाली नछाउदा कहिले काही
लाग्छ औसिको रात हो जिन्दगी।

आशुको सागरमा पौडीनु नै पर्ने
बिचित्र कलंकको लात हो जिन्दगी।

रुझाउनलाई छाएन मनसुन यहाँ
‘प्रकृति’ले दिएको घात हो जिन्दगी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *