गजल-३२८

आस्थाका नाममा झुक्नेहरु धेरै छन्
लक्ष्यविहिन यात्रामा भुक्नेहरु धेरै छन्

अर्कालाई पिर छोडी रमाउने स्यालहरु
पर्दापछाडि हेर्न लुक्नेहरु धेरै छन्

आफू पनि कहाँ छु उसैलाई था´छैन्
मेरो सानो गल्तीमा थुक्नेहरु धेरै छन्

मेरो सानो गल्तीले माफ पाएन
मर्यादाका घाउमा दुख्नेहरु धेरै छन्

सफलताको नाममा गिर्दैछन् यिनीहरू
अस्तित्वलाई भुलेर चुक्नेहरु धेरै छन्

रहरहरु अनेक राखी डोबहरु भर्नलाई
प्यास मेट्न जाँदाखेरी सुक्नेहरु धेरै छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *