गजल-३४३

दुर्गा रिमाल
अस्ट्रेलिया

पछुताउँनु नपरोस भोलीको पहिचान सम्झेर
लखेटिएपछि भूमिबाट अरूको अपमान सम्झेर

मृत्युले पनि सम्झौता गर्दैन ठगिएकाहरूलाई
नत्र किन उड्छन् मौरीहरू जीवनको हैरान सम्झेर?

हिजो मलाई कसैले काडेतारको घेरामा राख्यो
नराखोस आज तिमीलाई ‘घाटाको दोकान’ सम्झेर

नहुनेलाई जिन्सी मागियो सहयोग जुटाउँन
उसले आमा पठाइदियो आश्रमलाई दान सम्झेर

मेरा भोगाईहरू पत्यार नलाग्न पनि सक्छन्
ऊ हिड्यो नाफा सम्झी, म हिडे नोक्सान सम्झेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *