गजल-४६४
नशालु अधरले हेर्दै थियौ, मैले चाहिँ हेर्नै चाहिन
लफ्रक्कै भै भिजेका थियौ, अँगालोमा बेर्नै चाहिन।
अनेक चाहा लिएर नजिक सर्दै थियौ
यी हातहरूले तिम्लाई घेर्नै चाहिन।
बेमौसमको झरी दर्किँदै थियो बाहिर
भित्र भने आफ्नो मनलाई फेर्नै चाहिन।
यो वदनले सोध्दै थियो अनेकौँ प्रश्नहरू
तिम्लाई भने ती प्रश्नहरूले खेर्नै चाहिन।
मौन थियो तिम्रो दिल, उत्ताउलो मेरो मन
खोइ किन किन मेरो मनलाई टेर्नै चाहिन।।

