गजल ५५६

धर्मेन्द्र तिम्सिना “क्षितिज”
अमेरिका

उडिरहेको चरालाई समाउन सकिँदैन
मकै जस्तै फलाम चपाउन सकिँदैन

पानी नै चाहिन्छ प्यास लागेको बेलामा
आगोले तिर्खा मेटाउन सकिँदैन

इन्द्रियहरू चलुन्जेल तिमी बाँच्नेछौ
मरेकोलाई फेरी व्युत्याउन सकिँदैन

जति माथि गए पनि धर्तीमै झर्नुपर्छ
आकाशमा अस्तित्व बचाउन सकिँदैन

अरू सबैको बन्यो तर एउटाको बनेन
सायद ! मूर्खको औषधी बनाउन सकिँदैन

Don't have a Facebook account? Please, use the form below with other options!