गीत
प्रभु शङ्कर
पेन्सिलभेनियाँ, अमेरिका
हेर्दा सोझा हुनेहरू, बेइमानी हुँदा रहेछन्
पवित्र छु भन्नेहरू, भित्र भित्रै कुहुँदा रहेछन्
सुन्दरताको खोस्टा ओढी, नैतिकताको पर्खाल नाघी
न मेटिने पाप बोकी, बाहिर गङ्गा धुँदा रहेछन्
सबै सामु ठिक्क हुने, नियति नै कस्तो कस्तो
गोहीले झैँ फोस्रो आँसु, झारी झरी रुँदा रहेछन्
झुटपछि झुट बोल्छन्, छिन छिनमा नै रङ्ग फेर्छन्
आफू साँचो बन्नलाई, गीता समेत छुँदा रहेछन्