गीत: ४९

अनु राई डेन्मार्क आगो बिना पनि मुटु अति जल्दो रै’छ दुखे पछि चोटहरु आँसु झर्दो रै’छ नझारेर आँसु फेरि सबै सामु हाँसूँ भन्थें हुन्न रै’छ खुशीहरू परेलीमै साँचूँ भन्थें सोचेकिथें तिमीलाई मेरो मनको देवता आँखै सामु मेरो मनलाई पार्यौ चोइटा चोइटा यो मनलाई जलाएर तिम्ले न्यानो लियौ तिम्ले अमृत पिएर मलाई विष दियौ विषै दिए पनि तिम्ले म हाँसी हाँसी पिउँछु खुशीले जिउनु तिमी म आँसुले जिउँछु फुली रहोस तिम्रो जीवन ओइली नझरोस् जति रुनु म रुन्छु तिम्ले रुनु नपरोस् दुःखले होइन तिम्ले खुशीले झार्नु आँसु भित्री मनलाई जलाएर कसरी म हाँसु जति दुख दिए पनि माया त माया हो जीवन भरी साथ दिने आफ्नै छाया हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *