हराउला आफ्नो देश

दिल बल्छ यहाँ मुटु जल्छ दिन
देश नभए पनि मानिस शान्ति छन् किन,
अँध्यारो बोलाउँछौ किन उज्यालो भयो यहाँ
सबैले आँखा खोली हेर अब छैन निदाउने दिन ।
निन्द्रामा भए पनि अब सबै जुरमुरिएर उठ,
अन्धकारलाई विप्फो पार्न एक भएर जुट ।
आकाश र पलाललाई मिलन कहिले अन्त्य नमान
रगतको नाता रहन्छ सधैँ जहिले पराई  नठान ।
रगतको नाता नभुली  अब जोगाउ भाषा र भेष ,
संस्कृति भुल्यौ भने हराउला  आफ्नो देश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *