हल्ला  फिँजाएर

माया भट्टराई 
केन्टकी, अमेरिका
हो ,
मैले संसारभर हल्ला
फिँजाएकी हुँ,
तिम्रो चरित्रको
पर्दाफास गरिदिएँ मैले,,,
विश्वका सामु,,,,,
,,,,,,,,,
आफ्नै गाउँ-घर,खेतबारी खन्दै,,
त्यहीको माटोमा खेल्दै, थिएँ म,
आफ्नै मौलिकतामा
रमाइरहेकी थिएँ म,
तिमीले आएर कस्तरी मेरो हक अधिकार
खोस्यौ,
र,,,,,,,,,
मलाई मेरो जन्मभूमिको
काखबाट कस्तरी हुत्याइदियौ,
अनि  गल्लीका कुकुर ल्याएर
पाल्यौ र त्यै कुकुर लगाएर मलाई
लगार्‍यौ आफ्नो घरबाट,,
त्यसपछि म भौँतारिँदा-भौँतारिँदै संसारभर
फैलिएर तिम्रो चरित्रको पर्दाफास गर्दै छु,
अब संसारभरका मान्छेले तिमीलाई
छिः छिः गर्छन्,अब तिम्रो शान ढल्छ
अनि तिमीले नाजबाव विश्वसामु
शिर झुकाउनुपर्नेछ,,
हो तिमीले अब विश्वसामु झुक्नुपर्छ,
आफ्ना प्रजासँग माफी माग्नुपर्छ,,
,,,,,,,,,,
तिमी कति शानका साथ भन्थ्यौ-
मेरो यो शिर कसैसामु झुक्ने छैन-
तर आज तिम्रो शिर झुक्यो,सारा विश्वसामु
झुक्यो तिम्रो शिर,,
आज हेर तिम्रो शिर झुकेको छ,,,
,,,,,,,,,,,,
सारा विश्वका मान्छेले तिमीलाई
घृणात्मक दृष्टिले हेरिरहेकाछन्,
र म हाँस्छु,
खित्का छोडी-छोडी हाँस्छु,
खित्का छोडेर हाँसिरहेकी छु,
हा हा हा हा,,,हा हा हा,,,,,
किनकि,तिमीले नै मलाई बाध्य
गरायौ यसो गर्न,
तिम्रो चरित्रको बारेमा संसारभर हल्ला
फिँजाउन तिमीले नै मलाई बाध्य पार्‍यौ,
,,,,,
तिमी आफैले आफ्ना प्रजालाई
पराय भनी पर हुत्त्यायौ,
अब यसको परिणाम के हुन्छ
तिमीले नै भोग्नुपर्छ।,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *