मधुमासमा मन जल्यो

श्याम खनाल(खोरिया)
कोलोराडो,अमेरिका
आफ्नो-गाउॅं र दूरदेश विरहीको वेदनाले गरी॥
नौलो साल पुरानु-याद हुन गै झन्कोइली वन्महा।
फूल्थे फूल विरंग-रंग ऋतुको-सोभा दिंदै-वागमा।
गर्थे गीत मिलाई सोर सुरिलो पक्षी त आनन्दमा॥१॥
घुम्थे फेर्वन माहुरी रसझिकी लिन्थे र फूल्को जब।
इच्छा माफिक औषधी-मधु जसै भर्थे गुलीयो रस॥
डाँडामा अनि टाकुरी वर-परै वास्ना छरी बेसरि।
कांडाले सॅंग झुप्प भै र झुकथी-ऐसेलु पाखा भरी॥२॥
लेकैमा छ गुरांस,चांप र चिमालो औलमा-कोइराल्।
वाशन्ती-छबि-रम्यदृश्य मिलने सुनाखरीले मुहार॥
यस्तै-सौम्य र स्वर्ग झैं मन भुल्याऊने ति वन्वाटिका।
मन्मै मात्र छ आज यो ऋतु भरी छाया बसेका सदा॥३॥
यो बेला नव-पाउला र पहरा,डाँडा पखेरादिले।
आउॅंदै छ कि पो भनेर बिचरा हेर्दा हुनन् आशले॥
आऊला कि भनेर चाँप र गुराँस् बाटो बिचार्दै हुनन्।
नौ रङ्गी भर-फूल वासनवभरी डाँडा सिंगार्दै हुनन्॥४॥
काहाँ छौ नि भनी दिदी र बहिनी हेर्नन् नयन्नम्रले।
यस्तै प्रेम-छटा दिंदै कुन-कुना चार्ली नि वाशन्तिले॥
हिँड्थें ढाकर ली बजार म अघी त्यो दिन् सदा यादले।
कुर्दै त्यै-पथ साँगुरी र रहॅंदी भन्ज्याङ त्यो यादले॥५॥
घन्काईकन तानमा नि बिचरी रूंदै हुंदी हो त्यहाँ॥
पंक्षी रातमहाँ त गोलसिमलै आलाप गर्दी कति।
यै सम्झी मन जल्छ निष्ठुर वनी वैशाख आए जति॥
यै सम्झी मन जल्छ निष्ठुर बनी वैशाख आए जति॥६॥

