फूलको रङ्ग
काँडाको पिडा उसले बुझेको हुन्छ,
जसले गुलाब समाएको हुन्छ।
फूलको मिठास उसैले पाएको हुन्छ,
जसले फूल छुँदा,भमरा समाएको हुन्छ।
आमाको स्नेह उसले थाहा पाएको हुन्छ,
जति आमाले ममता दिएको हुन्छ।
जबकि ती आमाको काखबाट,
ऊ अलि पर सरेको हुन्छ।
तब आमाको माया बल्ल यादगार बन्छ।
जिन्दगीको महत्त्व उसैले बुझेको हुन्छ,
जसले पिडा भोगेको हुन्छ।
मायाको सम्झना उसैलाई हुन्छ,
जसले बिछोड सहेको हुन्छ।।

