प्यारो छ देश नेपाल
प्यारो छ देश नेपाल
मौसमी ढुंगाना,
क्यानाडा

छोड्न मन थिएन मलाई नेपाल
शरणार्थी शिविरमा बसे पनि,
प्यारो लाग्थ्यो त्यही देश।
साना घर ठूला सपना,
नागरिकता बिना भएँ
गरेको विश्वास र आशा,
आखिरमा भरोसा बिना रहँयो।
देशको विकास हुन्छ भनी
झुट्टो भाषण गरे
गाउँ–घरका आफन्त
देशै छोडी सरे,
न्याय माग्न युवाहरू
सडकमा आए
केही समयको जित,
भ्रष्टाचारीले नेपाल डुबाए।
आज सिंहदरवार लगायत ठूला ठाउँ जले
छरपस्ट भएका नेपाली भित्र–भित्र ढले
देशको लागि हाम्रा युवाले खाएका गोली
बन्नेछ नेपाल त्यो कैयौँ राम्रो भोलि
छोड्न मन थिएन मलाई नेपाल
फर्की जाने छु चाँडै हेर्न त्यो प्यारो देश
म हुँ नेपाली पूर्खाकी सन्तती
प्यारो छ देश नेपाल
