रसिला कविता
मनमा नवभाव उदाइरन
वनमा मन मग्न सुहाइरन,
जलमा लहरीमय छाल सरी
रसलेयुक्त काव्य रहोस् भरी ।।
वनमा कुहु कोकिलको मधुरो
मनमा कविता रस भो अधुरो,
भव भित्र परम्पद साधन हो
कविता त रसिक निको धन हो ।।
सुन लौ सुनमा सुख छैन पुरा
धतुरो सरी हुन्छ सधैँ उ छुरा,
गिरिको शिख झैँ छ त उच्च कवि
कविता नभए नत हुन्छ छवि ।।
वन छन् कविका रसिला कविता
जनको मन रम्छ रसीक भए,
सुकवीहरुको रस युक्त कुरा
मन हुन्छ सुने सुन मुग्ध पुरा ।।
मत हुन्छु जहाँ रसिला कविता
पुगी भुल्दछु आत्म विलासिनता,
मधुरा अधुरा अपुरा कविता
नमजा छ मजा रसिला कविता ।

