एउटा हाँस उठ्दो कुरा सुनाउन मन लाग्यो
शहरको नाटक देखी म लाटोलाई हासो जाग्यो
बिदेशी यी गाउँचेलीका ब्वाइफ्रेण्ड रे शहर भरी
आमा उनकी पोइला हिडिन बूडेस्कालमा चट्ट परी
बाउ भट्टीमा गफ हाँक्दै बोत्तल चारेक तोडे बसी
बौलाए बुढा खबर सुन्दा बिहान रक्सीले छोडे पछि
अधिकार रे सबलाई यहाँ त, नबुझेर भयो अति
बाच्ने आधार लागूपदार्थ बच्चा बिग्रे कति कति
ल्यापटप काखमा च्याटिंग् हरे, प्रेमीसंग बच्चा-बच्ची
प्रविधीले सक्यो संसार दुरुपयोग भो झट्का मच्ची
कसले जिम्मा लिने कुन्नी बच्चा भयो मिस्कट यस्तो
जुख्रुक कपाल, खैरो छाला पशुपतिको वानर जस्तो
बेहाल भइन चेली हाम्री पहिचान बिग्र्यो सेरो-फेरो
रीसले हैन, ईखले हैन विकृतीको कुरा मेरो