आजकल

गोविन्द लुइँटेल ‘यार’
अमेरिका

 

आजकल,
मुसो बिरालो खोज्छ
बिरालो सिंह खोज्छ
वास्तवमा,
किन एक अर्काले भिन्नै खोज्छ ?
आजकल,
सेतोले आफू कालो देख्छ
कालोले आफू सेतो देख्छ
वास्तवमा,
किन एक रङले अर्कै देख्छ?
आजकल,
खोला हिमालमा जान ताक्छ
हिमाल मैदान  हुन ताक्छ
वास्तवमा,
किन प्राणी र प्रकृति अर्कै ताक्छ ?
आजकल,
नाता प्राय पराई ठान्छ
पराई प्राय नजिक ठान्छ
वास्तवमा,
किन सम्बन्ध र अनजान बेग्लै ठान्छ ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *