टुहुरो केटा

विवेक भण्डारी पेन्सेल्भेनिया, अमेरिका न छन् आमा, न छन् बुबा, न छन् दाजुभाइ बिहान उठी हातमुख धोई हिँड्छ

ऊ माग्नलाई । कहिले यहाँ माग्छ, कहिले त्यहाँ माग्छ, दिन्छन् कि भनेर कसैले दिन्छन्, कसैले हेप्छन्, टुहुरो

भनेर। दिनभरि हिँड्छ, दिनभरि डुल्छ, दिनभरि माग्दो हो साँझ परेपछि, घरमा ऊ आउँदा, भाँडा त रित्तै पाउँदो हो। भोकै ऊ सुत्छ, भोकै ऊ डुल्छ, भगवानलाई सम्झँदै रुँदै ऊ हिँड्छ, माँग्दै ऊ हिँड्छ, भाग्यलाई सराप्दै। न छन् आमा, न छन् बुबा, न छन् दाजु भाइ बिहान् उठी हात मुख धोई हिँड्छ ऊ माग्नलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *