ऊ कस्ति पापी आमा
ऊ कस्ति पापी आमा ऊ कस्ति पापी आमा बच्चा जन्माई एक षोडशीलाई जिम्मा दिने न कहिले हेर्दछे उसले त केवल बच्चा जन्माउन जानिछ ऊ कस्ति पापी आमा षोडशीलाई के थाहा स्तन चुसाउनु पर्छ पर्दैन चुसाए पनि बच्चा रोहिरा’छ किन कि उसको स्तन कहिले गान्निदैन पक्का हो उसले बच्चा जन्माको होइन पक्का हो उसले बच्चा जन्माको होइन उसले त केवल बोक्नु छ कहिले के खान्छ त्यो पनि उसलाई थहा छैन साच्चै उ कस्ती पापी आमा आफ्नो स्तन गनिएपछि बच्चाको स्मरण हुनु पर्ने वर्षौ पछि हेर्छु भन्छे बच्चाले आमा खोजी रा’छ ऊ कस्ति पापी आमा ऊ कस्ति पापी आमा बच्चाले आमा खोजी रा’छ आठ महिना भयो प्राण गएको छैन अब केवल प्राण जान मात्र बाँकी छ सवै थोक भइसक्यो ऊ कस्ति पापी आभा षोडशी, आफ्नो स्तन चुसाउन खोज्छे विचरा उसको स्तनबाट के आओस् ऊ केवल माया गर्छे तर उसलाई केही थाहा छैन स्नेह पायो पाएन विचरा त्यो नानी, आमा आमा भनिरा’छ जिन्दगीसँग संर्घष गरिरा’छ केवल आमाको यादमा केवल आमाको पर्खाइमा तर आमा कहाँ छे विचरा त्यो शिशुलाई के थहा उसलाई त आमाकै स्तन प्यरो छ ऊ त्यसैमा रमाउन चाहान्छ ऊ त्यसैमा हुर्कन चहान्छ संसारलाई सुन्दर स्वर्ग बनाउन चाहन्छ शिशुका सपना त धेरै थिए तर जीवन अन्तिम संघर्षमा बितिरा’छ केवल आफ्नी आमाको पर्खाइमा तर उ कस्ति पापी आमा बच्चाको चित्कार कहिले सुनिन् सुनेर पनि न्यानो काखलाई टाडा राखी उसले त केवल आँखा चिम्लेर हेर्छे अनि बच्चा प्रश्न गर्छ “आमा मलाई किन जन्म दिएको?” “आमा मलाई किन जन्म दिएको?” उहि प्रश्नले आमा सधैँ अवाक छे न्याना हात अब त उसलाई पोल्ने भयो बच्चा चिच्चाई चिच्चाई रोइरा’छ नयन आँसुले शिशु लुथुक्क छ उ कस्ति पापी आमा।!

