म को हुँ
खगेन्द्र बिष्ट्ट
ओहायो अमेरिका
म को हुँ
म को हुँ, मलाई थाहा छैन,
म दुई दिनको पाहुना मात्र हुँ, यो मात्र थाहा छ।
जीवनको घाम-छायामा छोपिएको,
एउटा सानो, अल्पकालीन अस्तित्व।
कसैको लागि सम्झना, कसैको लागि भूल,
कसैको लागि खुसी, कसैको लागि दुःख।
अस्थायी यो जीवनको यात्रा,
सपना जस्तै, हावाको झोँका जस्तै।
हराउँछु म, आफ्नो पर्खालको भित्तामा,
असम्बन्धित हातहरूको पथमा।
म आगन्तुक हुँ, के ल्याउनु छ र के लैजानु?
मेरो पहिचानमा प्रश्न मात्र, उत्तरको खोज मात्र।
जीवनको यो रहस्यमय चालमा,
म हिँड्छु आफ्नो बाटो, अपरिचित टेकेर।
म को हुँ, कहाँबाट आएको?
सोध्छु आफैँ, उत्तर पाउँछु खाली आकाशमा।