अपूर्ण कथा !

जितेन खँड्का
टेक्सास, अमेरिका

एउटा अप्रत्याशित भेट
अपूर्ण चिनजानमा नै
दान भएर
आफ्नो निशानी मेटी
निर्भरताको घुम्टो ओडेर
जन्मघरको संघार नागी
पराईघरको मझेरी टेकेर
सम्झौता लक्ष्मण रेखाभित्र
जीवन सुरक्षित ठानी
सधै रहरहरु खुम्चाउदै,
सधै डरदेखि डराउदै
तिम्रो विवाश जीवन
पिण्झाडाभित्रको मैना जस्तै
उड्ने मनोकांक्षालाई थुनेर
समानताको नारा सुनी सुनी
तिमीले पुज्ने मूर्ति जस्तै
पल-पलमा बल्दै गरेका
मनोकामनाका दिपशिखाहरुको
निरन्तर राप ताप्दै
चडाएका सुकोमल फुलहरु
ओईलीएको हेर्दै
खोइ….. !
कहिलेसम्म चुपचाप बस्ने हो ?
अब त उज्यालो भएको छ,
तिमीले परसम्म देख्नु पर्ने |

Don't have a Facebook account? Please, use the form below with other options!