ऐनाभित्र म

Norway
Founder and Managing Editor - Bhutaneseliterature.com
Publication Director - Literature Council of Bhutan

रमेश गौतम/नर्वे


धेरै दिन अघि
एउटा ऐना चाहन्थेँ
आफ्नै रुप हेर्न
आफ्नै अनुहार हेर्न
राम्ररी !

ऐना भेट्न समय लाग्यो
भेटेर पनि
आफ्नो अनुहार हेर्न
आफ्नो रुप हेर्न
समय लाग्यो
अनि
ऐनाभित्रको आफ्नो रुपमाथि
ऐनाभित्रको आफ्नो अनुहारमाथि
विश्वास गर्न
झन् समय लाग्यो ।

त्यो ऐनाभित्र देखिएको
मैं थिएँ
(मैँले विश्वास गर्नु प-यो यथार्थलाई)
तर कुरूप
ज्यादै कुरूप!
मेरो अनुहारलाई
अनुहारै भन्न नहुने
हाय! म अनुहारविनाको रहेछु
यो कस्तो यथार्थ

साँच्चै
म जे हुन्छु भन्थेँ
त्यो हुन सकिनँछु –
मलाई आज मात्र थाहा भयो
जब मैँले आफैँलाई
गौर गरेँ
ऐनाभित्र
राम्ररी!

१३/११/२००१
हात्तिसार धरान

2 Replies to “ऐनाभित्र म”

  1. Mohan Gautam

    Namaskar dai! This is true. It is pretty hard to analyse our own nature. Keep on your research, you may find more uniqueness.
    Regards.

  2. Gurung Hem Kumar

    Ramesh Ji,
    It’s excellent. I have appreciated your talency in both arenas- Journalism and Poetry respectively. So,all the best for your bright career.

Leave a Reply

Your email address will not be published. Required fields are marked *