गजल ५३९

उमा गौतम
पिट्सबर्ग अमेरिका

के गर्नु र अन्तै लाग्यो मेरो यो दिल कान्छी
बिछोडिएको लामो भयो बस अब त चिल कान्छी

अझै पनि नफरत किन घाम पानी न हो जिन्दगी
अब त फ्याँक गुम्साएका नफरतभरी खिल कान्छी

होलान् तिमीले किनिदिएका गिफ्टहरू धेरै होलान्
के गर्छौ र देखाएर पुराना ती बिल कान्छी

अझै रुन्छौ बच्चा झैँ गाउँभर आफू पीडित बनी
तर धाउँछौ बिउटी पार्लर लगाई स्टाइलिस् हिल कान्छी

रोयौ थाहा छ कति रोयौ बिछोडको त्यो पलमा
धम्की हो कि अझै लिन्छौ डिप्रेसनको पिल कान्छी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *