गजल-१५६

गजलकार

यतिराज अजनबी
एड्लेड, अस्ट्रलिया

आजभोलि आफैंलाई बरवाद पारौं लाग्छ
भत्काएर घर तिम्रो’तिर डेरा सारौं लाग्छ

हुन्न मतलब अरूको आकासै अँध्यारो पारी
तिम्लाई भनी सधैंलाई जुन पनि झारौं लाग्छ

निक्कै भयो लाग्या यौटा हुरुक्कै पार्ने तिर्खा
छिनमै तेल्लाई कुन्नि किन मारौं मारौं लाग्छ

सेना हुँ म देशको रक्षा गर्न कैले झुक्ने छैन
तिमी शत्रु हुने रणमा त्यसै त्यसै हारौं लाग्छ

७ अगस्ट २०११, एड्लेड

Don't have a Facebook account? Please, use the form below with other options!