गजल: २१०
दिपक थापा
अमेरिका
विवशतामा एक्लो हुँदा साथ दिने कोही भएन
अफ्ठ्यारोमा पर्दा मैंले, हात दिने कोही भएन
बिरक्तिएर बस्नुभन्दा मर्नु जस्तो लाग्न थाल्यो
धोकेबाजलाई निष्ठुर भइ घात दिने कोही भएन
दोष कसलाई दिनु र आफ्नै भाग्य खोटो रै’छ
यो पीडालाई भुलाउने मात दिने कोही भएन
मेरो सानो जात भन्दै निष्ठुरी भइ गएकीले
“दिपक”लाई ब्राह्मण भन्दै जात दिने कोही भएन