गलत घुम्ती

कवि
कवि

दुर्गा सापकोटा
अमेरिका 

जिन्दगीले घुम्ती बिराई कता भासियो
हाँसो मारी फिक्का माया किन गाँसियो

सहज पाएँ भनी हासें ईच्छै नासियो
ईच्छा पुग्ने आसआसमै जीवन दासियो

घुम्ती उल्टो घुमें बिराई बिगत मासियो
त्यै बिगतको श्राप पाएँ भाग्यै तासियो

अन्दकारमा भित्री रोयो बाहिर हाँसियो
पश्चातापले पोल्यो जीवन जिउँदै लाशियो

कतै खुसी मिल्ला भनी हर्पल आशियो
बल्ल बुझें घुम्ती बिराई जीवन भासियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *