गाउँखाने कथामा…
गाउँखाने कथामा गाँवै हारे पछि
खै, कता लागे कता गाउँलेहरु
थाहा छैन
फेरि कुन गोरेटो भएर भेट्ने होला
कुन देउरली मा वाचा बाँध्ने हो
शायद कुनै साल
महा अनिकाल लागेको बेला
या त साहूले घरबारी लुटेको बेला
धने मुग्लान पस्यो
गाँवै माया मारेर
त्यसपछि त –
एउटा मुग्लान पछि अर्को मुग्लान
अर्को पछि अर्को …….
अविरल, अविरल यही क्रम चलिरहयो/ चली नै रहनेछ
संसारले जति सुकै शताब्दी फेरोस्
मंगसिर १६, २०६६, अमेरिका
प्रवासी मुटुको पिडाले भरिएको सशक्त कविता!
i like this poem. गाउँखाने कथामा we loose our village. this poem represent the tragic pass of specially we bhutanese. thanks for posting.