गीत

थुत्तेनदोर्जी ड्रुक्पा / डेनमार्क

म माटो हराएको मान्छे, बाटो हराएको मान्छे
बिहानी खोज्दा-खोज्दा अँधेरीमा, म आफैँ हराएँछु ।
म माटो हराएको मान्छे, बाटो हराएको मान्छे
हिँड्दा हिँड्दा बाटो बिराएर, म स्वयम् आफैँ हराएँछु ।

यो कस्तो यात्रा जिन्दगीको, कहाँसम्म पुग्नु छ
कति हिँड्नु छ अनि अझ कति के-के भोग्नु छ
यो कस्तो सम्झौता जिन्दगीको, हिँड्दा हिँड्दा थाकिसकेँछु
बिना अर्थ खै किन, अनायासै  जीनव दुखाएँछु
म माटो हराएको मान्छे………………………….

यो स्वर्थी दुनियाँमा म आज स्वयम् आफैँ हराएर
खोजिरहेछु देउराली, वर-पिपल र चौतारी
खोजिरहेछु आफन्तहरु, खोजिहरेछु आफ्नोपन
खोजिरहेछु ती मेरी निर्दोश प्यारी आमालाई
जसले मलाई पर्खिरहिछिन्, म आउने बाटो कुरिरहिछिन्
युगौँ युगसम्म पनि म आउने बाटो कुरिरहनेछिन् ।
म माटो हराएको मान्छे………………………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *