जस्तो पनि काम हो
शिवलाल दाहाल
केन्टकी, अमेरिका
केही छैन, जस्तो पनि काम हो
जस्तो पनि काम गर्नु पर्छ
तिम्रो अङ्ग्रेजी दोस्रो भाषा हो
यो अमेरिका हो
यहाँ हर कुरा पुन सुरुवत गर्नपर्छ
तेस्रो विश्वबाट आउनेहरुले के नै जानेको हुन्छ
तिमीहरुको समय हुँदैन
तिमीहरुको भाषा हुँदैन
तिमीहरुको सिप हुँदैन
तिमीहरुको वर्क हिस्ट्री हुँदैन
तिमीहरुको क्रेडिट हुँदैन
यहाँ हर कुरा पुन सुरुवत गर्नु पर्छ
जस्तो पनि काम हो, काम गर
कर तिर, समयमा विल तिर्न नछुटाऊ
बिस्तारै माथि पुग्न सकिन्छ
स्वप्ना राख्नु पर्छ, आसा राख्नु पर्छ
कति मिठो छ यो ललिपप
भन्नु पर्दैन, अब त राम्रैसँग बुझिसकेको छु
तिम्रो जीवन निवाहको सिद्धान्त र सम्पन्नताको कसी
लिलामित छ हाम्रो स्वभिमान
लिमामित छ हाम्रो अस्तत्व