तराजुमा

बालकृष्ण न्यौपाने 
हेरिस्बर्ग ,अमेरिका
तराजुमा जोखेर पाप धर्म
निर्धारण सम्भव होला कतै
असम्भव धार्मिक दुईको मेल
निवारण मृत्यु नै बन्छ कठै
विद्धानको भेलामा ठाक ठुक
रुढीवादी झमेला द्वन्द्व हुन्छ
अनपढ गोठाले भन्नु मात्रै
मानवता ज्ञानको शिक्षा मिल्छ
जताएर आखिर केनै हुन्छ
आडम्बर मिल्दछ जता ततै
असम्भव…।
भागवत गीताको बात हुन्छ
यथार्थमा विद्वान हुन्न चित्त
भाषणको जोसमा देश भक्ति
मदिरा र द्रोहीको लाग्छ मित
बगलीमा धारिलो छुरा राखी
मुखमा चैँ जनहिलै राम जप्दै
असम्भव…।

Don't have a Facebook account? Please, use the form below with other options!