तिमी भीरफूल

सञ्चमान खालिङ
अमेरिका

भीरमै पलायौ
भीरमै लहरायौ
भीरमै फुल्यौ
अनि भीरमै ओइलिएर झ–यौ
तिम्रो नाउँ– भीरफूल
हेलेन, क्लियोप्याट्रा, सीता…..
कसैले चुल्ठोमा सिउरिएनन्
तिमीलाई कसैले देखेन
तिम्रो इतिहास कसैले लेखेन
संसारीको परम्परा–
यहाँ कि बाठा, कि बलियाले जित्छन्
जित्नेहरु देखिन्छन्
देखिएकाहरुको मात्र इतिहास लेखिन्छ
तिमी भीरफूल
तिमीलाई कसैले देखेन

श्री खालिङको ‘धनेहरु निरन्तर हिँडिरहे’ कविता संग्रहबाट  

4 Replies to “तिमी भीरफूल”

  1. AsoC

    वास्तविकताको चित्रण प्रयास…
    एउटा उत्तम कवित्व ।
    keep it up….

  2. Gopal Samal

    I haven’t known Mr.”Sancha” as like great Saint in sentiment and emotion.Keep it up pouring your uncontrolled feelingswhich will help to uplift our literature and culture.I like beautiful poems and they shall be in heart forever.Finally,pls do contact me at 678-992-6780 at any time.I’m in Georgia waiting for your response.
    Gopal Samal

Leave a Reply

Your email address will not be published. Required fields are marked *